१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जस्थित एकीकृत जाँच चौकीमा लागेको आगो नियन्त्रणमा आएन



अ+ अ-

वीरगन्ज । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी)मा आगलागी भएको छ। चौकीको भारततर्फको जाँच गर्ने भागमा आगलागी भएको हो। दिउँसो १ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

आईसीपी कम्पाउन्डको घाँसे मैदानबाट कसरी आगे सल्कियो भनेर स्थानिहरुले प्रश्न गरेका छन् । आगो नियन्त्रणका लागि नेपाल र भारतका गरी १० वटा वारुण यन्त्र आएको छ ।

भन्सारमा आयत, निर्यात गरिएका सामानमा क्षति पुगेको/नपुगेको विवरण आइनसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतोले जानकारी दिए।

आगलागी सुरु भएपछि भन्सार नाकाबाट आयात र निर्यात ठप्प भएको छ । बास्तबिक रुपमा आगो कसरी लाग्यो भनेर खुल्न बाँकी रहेको छ ।