१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलको सेप्टिक ट्यांकीमा खसेर गैँडाको ज्यान गयो



अ+ अ-

चितवन । चितवनमा एक होटलको सेप्टिक ट्यांकीमा खसेर एउटा गैँडाको ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका वडानम्वर–२३, जगतपुरमा रहेको टाइगरल्याण्ड होटेलको सेप्टिक ट्याकींमा खसेर उक्त गौँडको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालका अनुसार मृत्यु हुने गौँडा करिब २० वर्षको पोथी थियो । उक्त पोथी आइतबार बिहान साढे चार बजे सेप्टिक ट्यांकीमा खसेको थियो ।

गैँडाको हाल चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले पोष्टमार्टम गरिसकेको र थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।