२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्द्रे रसेलको आक्रामक खेलसँगै कोलकत्ताद्धारा जित दर्ता, हैदराबाद ६ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङसँगै आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहलो जित निकालेको छ । उसले पहिलो जित निकाल्ने क्रममा सनराइजर्स हैदराबादलाई ६ विकेटको हराएको हो ।

सनराइजर्सले पुरा २० ओभर खेल्दै १८२ रनको लक्ष्य कोलकत्तालाई दिएको थियो । उसले अन्तिम २ बल बाँकी छँदा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसलाई अन्तिम तीन ओभरमा ५३ रन चाहिएको थियो । आन्द्रे रसेलले आक्रामक पारी खेल्दै टोलीलाई जिताए ।१९ बलको सामाना गरेका रसेल मात्र एक रनले अर्धशतक बनाउन चुके ।

कोलकत्ताका नितिश रानाले ६८ रन बनाए भने रोविन उथप्पाले ३५ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसको सुरुवात निकै राम्रो थियो । डेभिड वार्नर र जोनी बेयररस्टोले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरे । जोनी ३९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट हुनुअघि वार्नरले ८५ रन बनाएका थिए ।

विजय शंकर ४० रनमा अविजित रहे ।