१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : जर्मनीद्धारा नेदरल्यान्ड्स पराजित



अ+ अ-

काठमाडौँ । युरो कप छनोट फुटबलको जर्मनीले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले युरो कप यात्राको सुखद सुरुवात गर्ने क्रममा नेदरल्यान्ड्सलाई माथि ३—२ को जित निकालेको हो ।

नेदरल्यान्ड्सको घरेलु मैदानमा सोमबार बिहान खेलिएको रोमाञ्चक खेलमा जर्मनीको जितको लागि लेरोय सानेले,सर्जी र निको सुल्जले समान एक एक गोल गरे। यता नेदरल्यान्ड्सको लागि भने म्याथिज डे लिट र मेमफिज डिपे गोल गरे ।

खेलको सुरुवाती गोल भने जर्मनीले गरेको थियो । जर्मनीको लागि १५औं मिनेटमै लेरोय सानेले पहिलो गोल गरे ।
यसैगरी ३४औं मिनेटमा सर्जीले अर्को गोल थपेपछि पहिलो हाफमै जर्मनी २—० ले अगाडि बढ्यो । खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले लगातार दुई गोल गर्‍यो । ४८औं मिनेटमा नेदरल्यान्ड्सका लागि म्याथिज डे लिटले पहिलो गोल गरे । ६३औं मिनेटमा नेदरल्यान्ड्सका मेमफिज डिपेले अर्को गोल थप्दै खेललाई २—२ को बराबरीमा ल्याए ।

खेल प्रतिस्पर्धात्मक रुपमा अघि बडिरहँदा अन्तिम समयमा जर्मनीका लागि निको सुल्जले निर्णायक गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए । जर्मनीले गत नोभेम्बरमा नेसन्स लिगमा नेदरल्यान्ड्सँग भोगेको हारको बदला पनि लियो ।

समूह ‘सी’ कै अर्को खेलमा उत्तरी आयरल्यान्डले बेलारुसमाथि २—१ गोलको जित हासिल गर्‍यो । घरेलु मैदानमा खेलिएको उक्त खेलमा उत्तरी आयरल्यान्डका लागि जोनी इभन्स र जस म्यागनिसले एक÷एक गोल गरे । समूह ‘ई’ अन्तर्गतको छनोट खेलमा हंगेरीले क्रोएसियामाथि २—१ गोलको जित हासिल गर्‍यो ।

जर्मनी तीन पटकको युरो कप विजेता हो । हालसम्म जर्मनी र स्पेनले मात्र तीन÷तीन पटक युरो कपको उपाधि जित्न सकेका छन् ।