८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सन्दीप बिना दिल्लीको शानदार जित, मुम्बई पराजित

सन्दीप बिना दिल्लीको शानदार जित, मुम्बई पराजित
अ अ+ अ-

मुम्बई । नेपाली युवा बलर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा जित निकालेको छ । दिल्लीले पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको हो ।

आइतबार राति खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले भने १९.२ ओभरमा अलआउट हुनुअघि १७६ रनमात्र बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको दिल्लीका लागि रिसव पन्तले आक्रामक पाली खेल्दै अविजित ७८ रनको योगदान गरे। उनले केवल २७ बलको सामना गरी ७ छक्का र ७ चौका प्रहार गरे। त्यस्तै कोलिन इन्ग्रामले पनि ४७ रन बनाए। उनले ३२ बलमा एक छक्का र सात चौका प्रहार गरे। ओपनर शिखर धवनले पनि टोलीको खातामा ४३ रन थपे। उनले ३६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका थिए।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए । उनले ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरेका थिए। क्रुनाल पाण्डेयले १५ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३२ तथा ओपनर क्विन्टन डी ककले १६ बलमा एक छक्का र चार चौकाको मद्दतले २७ रन जोडे। मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिन दिल्लीका बलर इशान्त शर्मा र कागिसो राबडाले दुई÷दुई विकेट लिए।

दिल्लीले आइतबारको खेलमा सन्दीपलाई खेलाइएको थिएन। अघिल्लो सिजन पनि सन्दीपले दिल्लीबाटै खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्।

खेलमा दिल्लीका रिसव पन्त म्यान अफ दी म्याच बन्न सफल भएका थिए ।