८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

युरो कप छनोट : बेल्जियम र पोल्यान्डको लगातार दोस्रो जित

युरो कप छनोट :  बेल्जियम र पोल्यान्डको लगातार दोस्रो जित
अ अ+ अ-

काठमाडौँ । युरो कप फुटबलको छनोट खेलमा बेल्जियम र पोल्यान्डले लगातार दोस्रो जित हात पारेका छन् । समूह ‘आई’ अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा बेल्जियमले साइप्रसलाई उसैको मैदानमा २–० गोलले पराजित गर्‍यो ।

बेल्जियमले दुबै गोल नौ मिनेटको बीचमा गरेको थियो । खेल सुरु भएको १०औं मिनेटमै अनुभवी खेलाडी इडेन हाजार्डले बेल्जियमका लागि पहिलो गोल गरे । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट ब्यवसायिक फुटबल खेल्ने हाजार्डले राष्ट्रिय टोलीबाट खेलेको यो एक सयौं खेल हो ।

हाजार्डले गोल गरेको नौ मिनेटपछि नै मिची बात्सुयीले बेल्जियमका लागि दोस्रो गोल गरेका थिए । क्रिस्टल प्यालेसबाट ब्यवसायिक फुटबल खेल्ने उनले बेल्जियमका लागि गरेको गोल सँख्या १३ पुगेको छ । उनले राष्ट्रिय टोलीबाट खेलेको यो २५औं खेल हो ।

सोही समूहको अर्को खेलमा स्कटल्यान्डले सन मारिनोलाई उसैको मैदानमा २-० गोलले हरायो । लगातार दुई खेलमा जित हात पारेको बेल्जियम ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेलबाट तीन अंक जोडेको रुस दोस्रो तथा समान अंक हात पारेका कजाकस्तान, साइप्रस र स्कटल्यान्ड क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा आसिन छन् ।

यसैगरी समूह ‘जी’ अन्तर्गतको खेलमा पोल्यान्डले घरेलु मैदानमा लात्भियालाई २-० गोलले हरायो । सोही समूहको अर्को खेलमा इजरायलले घरेलु मैदानको फाइदा उठाउँदै बलियो अस्ट्रियालाई ४-२ गोलले पराजित गर्‍यो ।

लगातार दोस्रो खेलमा सफलता हात पारेको पोल्यान्ड ६ अंकसहित पहिलो स्थानमा छ । चार अंकसहित इजरायल दोस्रो र समान अंक बटुलेको मासेडोनिया तेस्रो स्थानमा छन् ।