८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सन् २०१८ मा क्षयरोगका संक्रमित भारतीय नागरिकको संख्या २१ लाखभन्दा बढी

सन् २०१८ मा क्षयरोगका संक्रमित भारतीय नागरिकको संख्या २१ लाखभन्दा बढी
अ अ+ अ-

मुम्बई । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका देखाएको छ ।

आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको कारण कमि आएको बताइएको छ ।यसअघि भारतमा कतिजना क्षयरोगी छन् भन्ने बारेमा स्पष्ट पारेको छैन् ।

अघिल्लो वर्षमा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशत मात्र रहेकोमा त्यसमा निकै नै बृद्धि भई सन् २०१८ मा भने ८३ प्रतिशतले बृद्धि भएको बताइएको छ । उक्त विज्ञप्तिअनुसार पहिलेका वर्षहरुमा भारतमा क्षयरोग संक्रमण हुने अथवा सर्ने दर २९ प्रतिशत रहेकोमा सन् २०१८ मा आइपुग्दा भने त्यसमा भारी मात्रामा गिरावट आई चार प्रतिशतमा झरेको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीमा सरकारी प्रयासहरु र त्यसमा निजी क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै यससम्बन्धी उपचारमा सरकारले अपनाएको नीति र विधिका कारण पनि यसको उपचारमा सफलता मिलेको बताइएको छ । यो कार्यक्रम र नीतिका कारण क्षयरोगको संक्रमणको दरमा पनि कमी आएको मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा बताइएको छ ।

भारत सरकारले सन् २०२५ सम्ममा भारतबाट क्षयरोगको उन्मूलन गर्ने लक्ष लिएको जनाएको छ । पहिलेका वर्षहरुको तुलनामा यस रोगको संक्रमण दरमा कमी आएका कारणले भारतबाट क्षयरोग उन्मूलनमा सफलता मिल्न सक्ने बताइएको छ ।

भारतमा क्षयरोगीहरुको संख्या निकै धेरै रहेको छ । विश्वमा रहेका क्षयरोगीहरुमध्ये एक चौथाई रोगी भारतमा मात्र रहेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने १० रोगहरुमध्ये प्रमुखमा पर्दछ ।