८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपाध्यक्ष ढकालले गर्नुभयो सुदूरपश्चिप प्रदेश कार्यालयको उद्घाटन

उपाध्यक्ष ढकालले गर्नुभयो सुदूरपश्चिप प्रदेश कार्यालयको उद्घाटन
अ अ+ अ-
54519371_429207837915660_2953415109835227136_n.jpg

धनगढी । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गर्नुभएको छ ।

कैलालीको धनगढीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम कार्यालयको उपाध्यक्ष ढकालले शुक्रबार आयोजित एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is chandra-dhakal.png

त्यस अवसरमा आयोजित महासंघको सुदूरपश्चिम प्रदेशको तेस्रो वार्षिक साधारण सभाको पनि उहाँले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले नेपालको सुदूरपश्चिम क्षेत्र सुन्दर सुदूरपश्चिमका नामबाट नेपालमा सुपरिचित रहेको र यहाँ लगानीका कैयौँ सम्भावना रहेकोले ती सम्भावनाहरुको खोजी गरी ठोस रुपमा लगानीका लागि अघि बढ्न यस क्षेत्रका उद्यमी एवम् व्यवसायीहरु संयुक्त संयन्त्रका साथ लाग्नुपर्ने धारणा राख्नुभयो ।

उनले भने— हामीसँग लगानीका अत्यधिक सम्भावनाहरु छन्, म पनि विभिन्न देशमा जाँदा त्यहाँ रहेका नेपालीहरुले देशमा लगानीको उचित वातावरण बनाउन सकिएमा आपूmहरु पनि लगानी गर्न तयार रहेको भन्ने गरेको स्मरण गरे ।लामो समयको राजनीतिक संक्रमणपछि देशले स्थीर सरकार पाएको र स्वदेश तथा विदेशबाट लगानीका लागि वातावरणको माग भएको छ भन्दै उपाध्यक्ष ढकालले अब सरकारले वैदेशिक तथा स्वदेशी लगानीका लागि सबैलाई आश्वस्त तुल्याई देशमा अर्थतन्त्रको विकासका लागि अभियान थाल्ने बेला भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 54523709_336574580312457_4576629713673388032_n.jpg

नेपालका एकजना सफल उद्यमी ढकालले शुक्रबार नै नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीको पनि धनगढीमा उद्घाटन गर्नुभयो । उहाँले त्यस अवसरमा सबै उद्यमी तथा व्यापारीहरुलाई नेपालमा उद्यमशीलताको विकास गर्न, उचित लगानीका लागि आवश्यक वातावरण निर्माण गर्ने काममा लाग्न यस क्षेत्रका सबै उद्योगी व्यावसायीहरुलाई आग्रह पनि गर्नुभयो ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरत आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी, अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रतिनिधि प्रकाश शर्माले पनि श्रमसम्बन्धी ती नियम र कानुनले नेपालमा रोजगारदाता र श्रमिक दुवै पक्षको हित समेटेको र लगानीको वातावरणका लागि सहयोगी भूमिका खेल्नसक्ने धारणा राख्नुभयो ।
त्यस अवसरमा सुदूरपश्चिम प्रदेशका उद्योगी व्यावसायीहरुले श्रमसम्बन्धी ती कानुनहरुका बारेमा जिज्ञासाहरु राखेका थिए ।