८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि विष्फोट गराउने ४ जना पक्राउ

नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि  विष्फोट गराउने ४ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ । ललितपुरको नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि विष्फोट गराउने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका कार्यकता रहेका छन् । दुई जना अझै फरार छन् ।

प्रहरी प्रधान कार्यलयका अनुसार पक्राउ पर्नेमा डिकेन्द्र राई,सूर्य भुजेल, रामृकष्ण खतिवडा र शिव धिमाल रहेका छन् । भुजेल विप्लवका पूर्वअंगरक्षक भएको स्रोतले बताएको छ । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको स्रोतले बताएको छ ।

एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले दाबी गरेको हो ।प्रहरीका अनुसार सीसी टीभीले सबैलाई पहिचान गरेको हो ।

एनसेल मुख्यालय अगाडि गत फागुन ११ गते विष्फोट गराइएको थियो ।घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनालगत्तै विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै घटनाको जिम्मेवारी लिएका थिए । उनलाई पनि प्रहरीले शनिबार काभ्रेबाट पक्राउ गरिसकेको छ ।


सुदर्शनसहित अन्य ४ जना विरुद्ध विष्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको छ ।