१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणमा रहेको नेपाली यू–१९ टिमको झिनो अन्तरको जित



अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले जित हात पारेको छ । विश्वकप छनोटलाई मुख्य नजर गर्दै भारतको आन्ध्रा यू–१९ टिमविरुद्ध खेलिएको खेलमा नेपाल १ विकेटले विजयी भएको हो ।

आन्ध्राले दिएको २२८ रनको लक्ष्य नेपाली टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७१ रन बनाए ।

त्यस्तै, भीम सार्की ४९ रन बनाएर आउट भए ।उनि अर्ध सतकबाट एक रनले चुके । पवन सर्राफले ३०, सन्दीप जोराले १९ र कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख भने १२ रनमा आउट भए ।

यसअघि आन्ध्राले टस जितेर निर्धारित ५० ओभर सकिन ५ बल बाँकी छदा सबै विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

आन्ध्राको लागि योगेनान्दले ५९ र नितेस कुमारले ५१ रन बनाएका थिए । बलिङतर्फ नेपालका कमलसिंह ऐरीले चार र पवन सर्राफले तीन विकेट लिए ।