८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

युरो कप छनोट : इङ्ल्यान्डको उत्कृष्ट प्रदर्शन, दुई खेलमा १० गोल

युरो कप छनोट :  इङ्ल्यान्डको उत्कृष्ट प्रदर्शन, दुई खेलमा १० गोल
अ अ+ अ-

लन्डन । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ। समूह ‘ए’ अन्तर्गतको मंगलबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले मोन्टेनेग्रोलाई उसैको मैदानमा ५-१ गोलको फराकिलो अन्तरले हरायो।

इङ्ल्यान्डले पहिल खेलमा चेक गणतन्त्रलाई पनि ५–० गोलले हराएको थियो। मोन्टेनेग्रोविरुद्घ प्रारम्भमै गोल खाएको इङ्ल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। खेल सुरु भएको १७औं मिनेटमा मोन्टेनेग्रोका लागि मार्को भेसोभिचले गोल गरेका थिए।

त्यसपछि लयमा फर्किएको प्रशिक्षक गारेथ साउथगेटको इङ्ल्यान्डले विपक्षीको पोष्टमा लगातार पाँच गोल ठोक्यो। खेलको ३०औं मिनेटमा एभर्टनका डिफेन्डर मिचेल केनले इङ्ल्यान्डका लागि पहिलो गोल गरे। ३९औं मिनेटमा रोस बार्कलीले टोलीलाई २-१ को अग्रता दिलाए।

खेलको दोस्रो हाफमा पनि इङ्ल्यान्डले तीन गोल गर्‍यो। इङ्ल्यान्डका लागि ५९औं मिनेटमा बार्कलीले नै तेस्रो गोल थपे। ७१औं मिनेटमा अनुभवी खेलाडी ह्यारी केनले चौथो गोल गरे भने ८१औं मिनेटमा रहिम स्टर्लिङले अर्को गोल थपे।

इङ्ल्यान्डले सन् १९८४ को नोभेम्बरपछि पहिलो पटक लगातार दुई खेलमा पाँच वा सोभन्दा बढी गोल गरेको हो। यसैगरी प्रशिक्षक साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले पहिलो पटक लगातार पाँच खेलमा जित हात पारेको हो।

यसैगरी इङ्ल्यान्डले सन् २०१५ को अक्टोबरपछि पहिलो पटक लगातार पाँच खेलमा जित हात पारेको हो। सन् २०१५ को अक्टोबरमा इङ्ल्यान्डले रोय हड्सनको प्रशिक्षकत्वमा लगातार पाँच खेलमा जित हात पारेको थियो।

यो।

मोन्टेनेग्रोविरुद्घको खेलमा प्रशिक्षक साउथगेटले हड्सन ओडोईलाई पनि मैदानमा उतारेका थिए। उनी इङ्ल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी हुन्। मंगलबार मैदानमा ओर्लंदा उनको उमेर १८ वर्ष एक सय ३८ दिन थियो। यसअघि सन् २००३ को अप्रिलमा वेन रोनीले केवल १७ वर्ष एक सय ६० दिनमा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए।

समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा कोसोभोले घरेलु मैदानको फाइदा उठाउँदै बलियो बुल्गेरियालाई १–१ गोलको बराबरीमा रोक्यो। दुई खेल खेलेको इङ्ल्यान्ड ६ अंकसहित पहिलो र समान खेल खेलेको बुल्गेरिया दुई अंकसहित दोस्रो स्थानमा छन्।