१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन



अ+ अ-

मुग्लिन । चैत १ गतेदेखि देशभर बेरोजगार युवाहरुको तथ्याङ्क सङ्कलन कार्य शुरु भएपनि चितवनमा अझै शुरु हुन सकेको छैन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा कर्मचारीे अनुपस्थितिका कारण अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन नसकेको हो ।

गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बसेका कारणले गर्दा सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् ।

दैनिक दर्जनभन्दा बढी बेरोजगार गाउँपालिकामा फाराम भर्न आउने गरे पनि रोजगार संयोजक नहुँदा उनीहरु त्यतिकै फर्कने गरेको गाउँपालिकाका अन्य कर्मचारीले बताए ।

वडा वडामा फाराम र चिठी पुगे पनि विधि र प्रक्रियाबारे परामर्श दिने कर्मचारी नै नहुँदा वडाबाट बेरोजगारीको तथ्याङ्क सङ्कलन शुरु हुन नसकेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताए । “वडामा फाराम र चिठी पुगेको छ तर यसको विधि र प्रक्रियाबारे हामी जानकार छैनौँ, म पटकपटक कार्यालयमा जाँदा सम्बन्धित कर्मचारी भेटिएको छैन”, उनले भने ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले संयोजक खरेललाई तत्काल उपस्थित हुन निर्देशन दिइने बताएकी छिन् । फोनसम्पर्क गर्दा संयोजक खरेलले दुई दिनपछि आउने जानकारी रहेको बताइन् ।