१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ किलो सुन प्रकरण : राजस्व विभागद्धारा ५ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

महेन्द्रनगर । फागुन २ गते कञ्चनपुरबाट बरामद गरिएको ३२ किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूलाई आइतबार नै अदालतमा उपस्थित गराइएको छ।

सोमबार हिरासतमा रहेका दुवै जनाको बयान लिने काम भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। राजस्व अनुसन्धान विभागले आइतबार जिल्ला अदालतमा राजस्व चुहावट कसूरअन्तर्गत मुद्दा दायर गरेपछि सोमबार अभियुक्तद्वयको बयान लगिएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा उक्त मुद्दा परेको छ। सोमबार न्यायाधीशकै रोहवरमा अभियुक्तको बयान गराइएको हो। बरामद गरिएको सुन राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ।

प्रहरीले पुनर्वास नगरपालिका–२ घर घएका शंकरबहादुर विकको घरबाट १८ किलो तथा शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६ सय ग्राम सुन केन्द्रीय अनुसन्धान ब्युरोसहित प्रहरीको टोलीले बरामद गरेको थियो। राजस्व चुहावट गरी सुन भित्र्याइएकाले त्यसको अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीले विभागलाई नै दिएको थियो। शुक्लाफाँटा नगरपालिका–११ का ३३ वर्षीय लक्ष्मण तिरुवाले भारतबाट ३२ किलो सुन नेपाल भित्र्याएका थिए। उनले पक्राउ परेलगत्तै प्रहरीलाई दिएको बयानमा ८ किलो सुन मालिकलाई नै फिर्ता दिएको र घरमा लुकाएको ४ सय ग्राम सुन बिक्री वितरण गरेको बताएका थिए।

राजस्व अनुसन्धान विभागले भने नेपाल भित्रिएको ३२ किलो सुन नै राजस्व चुहावट गरी ल्याएको भन्दै अभियोग पत्र दायर गरेको हो। विभागले ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुलउपर हुनुपर्ने दाबी गर्दै राजस्व चुहावटको मुद्दा दायर गरेको हो। विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा विक र शंकरबहादुर विकविरुद्ध अभियोग पत्र दायर गरेको हो।

अभियोग दायर गरिएका अन्य ३ जना भने फरार छन्। राजस्व अनुसन्धान विभागले प्रहरीले पक्राउ गरे २ जनासहित परिवारकै सदस्यका ५ जनालाई अभियुक्त बनाएर अभियोग दायर गरेको हो।

विभागले बरामद गरिएको सुनसमेत जफत गर्न अदालतसमक्ष माग गरेको छ। उक्त सुन भारतको अयोध्याबाट भैरहवाको सुनौली नाका भएर करिब तीन महिनाअघि नै सुन तस्करी गर्ने भारतीय व्यापारीको ३२ किलो सुन नेपाल भित्रिएको थियो।