१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्टलाई परास्त गर्न पार्टीको सभापति परिवर्तन गर्नुपर्छ :कोइराला



अ+ अ-

दाङ । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले आगामी निर्वाचनमा कम्युनिस्टलाई परास्त गर्न पार्टीको सभापति परिवर्तन गर्नुपर्ने बताएका छन्। कांग्रेस भित्र परिवर्तन नआए पार्टीले कुनै पनि गति लिन नसक्ने भएका कारण अब शेरबहादुर देउवालाई उक्त पदबाट हटाउनुपर्ने बताए ।

नेपाली कांग्रेस दाङको आयोजनामा मंगलबार घोराहीमा गरिएको कार्यक्रममा महामन्त्री कोइराले कांग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै देउवालाई परिर्वन गर्नु बाहेक कुनै अरु विकल्प नरहेको ठोकुवा गरेका छन् । कोइरालाले आफूले यो विषय पटक पटक उठाउँदै आएको कारण यसलाई कसैले पनि छेक्न नसक्ने बताए।

‘अब सभापति परिवर्तन गर्नुपर्ने देखिएको छ, “महामन्त्री कोइराला”ले भने, अहिले पार्टीले कुनै काम गर्न नसकेको जस्तो देखिएको छ । सबैको राय, सल्लाह, सुझाब अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ ।’ उनले अघिभने मेरो मात्रै धारण हाईन सबैको धारण उहि छ मैले पनि त्यही आवश्यकता देखिरहेको छु।

उनले हिन्दु राष्ट्र, धार्मिक स्वतन्त्रता बार।ेमा जनमत संग्रह गर्नुपर्ने बताए । हिन्दु राष्ट्र भए पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता कांग्रेसले स्वीकार नगर्ने बताए।