१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्टलाई परास्त गर्न पार्टीको सभापति परिवर्तन गर्नुपर्छ :कोइराला



अ+ अ-

दाङ । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले आगामी निर्वाचनमा कम्युनिस्टलाई परास्त गर्न पार्टीको सभापति परिवर्तन गर्नुपर्ने बताएका छन्। कांग्रेस भित्र परिवर्तन नआए पार्टीले कुनै पनि गति लिन नसक्ने भएका कारण अब शेरबहादुर देउवालाई उक्त पदबाट हटाउनुपर्ने बताए ।

नेपाली कांग्रेस दाङको आयोजनामा मंगलबार घोराहीमा गरिएको कार्यक्रममा महामन्त्री कोइराले कांग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै देउवालाई परिर्वन गर्नु बाहेक कुनै अरु विकल्प नरहेको ठोकुवा गरेका छन् । कोइरालाले आफूले यो विषय पटक पटक उठाउँदै आएको कारण यसलाई कसैले पनि छेक्न नसक्ने बताए।

‘अब सभापति परिवर्तन गर्नुपर्ने देखिएको छ, “महामन्त्री कोइराला”ले भने, अहिले पार्टीले कुनै काम गर्न नसकेको जस्तो देखिएको छ । सबैको राय, सल्लाह, सुझाब अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ ।’ उनले अघिभने मेरो मात्रै धारण हाईन सबैको धारण उहि छ मैले पनि त्यही आवश्यकता देखिरहेको छु।

उनले हिन्दु राष्ट्र, धार्मिक स्वतन्त्रता बार।ेमा जनमत संग्रह गर्नुपर्ने बताए । हिन्दु राष्ट्र भए पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता कांग्रेसले स्वीकार नगर्ने बताए।