१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासद्धारा युद्धबिरामकोे घोषणा, इजरायल सरकार मौन



अ+ अ-

गाजा सिटी । हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमासले उक्त जानकारी दिएको हो । तर युद्धबिरामपछि पनि दुबै पक्षबाट गोलाबारी भएका थिए । मध्यरातबाट भने दुबै पक्षबाट गोलाबारी रोकिएको थियो ।

युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो ।

गाजा क्षेत्रको प्रशासन सम्हालीरहेको इस्लामिक क्रान्तिकारी संगठन हमासले इजिप्टको मध्यस्थतामा युद्धबिराम भएको दाबी गरेको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन ।

इजरायली हवाई आक्रमण भएकै समयमा इजयरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा भेट गरेका थिए । प्रधानमन्त्री नेतान्याहूले समेत युद्धबिरामका बारेमा कुनै प्रतिक्रिया दिएनन् ।

सोमबार राति गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरिएका थिए । यो आक्रमणबाट तेल अभिभमा सात जना घाइते भएका थिए ।

इजरायली सेनाले रकेट आक्रमणको प्रतिक्रिया स्वरुप हवाई हमला गरेको थियो । उक्त आक्रमणबाट हमासका एक नेताको कार्यालय सहित अन्य भवनहरुमा क्षति पुगेको थियो ।