१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार र सिहंदरबारबाट अपराधीको संरक्षण हुन्छ, सरकार नालायक र भ्रष्ट छ : संग्रौला



अ+ अ-

बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण हुने गरेको आरोप लगाएकी छिन् । उनले निर्मला पन्त हत्या भएको यति लामो समयसम्म पनि हत्यारा पत्ता लगाउन नसकिनुले यो कुरा स्पष्ट पारेको बताएकी हुन् ।

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले प्रधानमन्त्री र गृहमन्त्रीले बालुवाटार अनि सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको बताइन् ।उनले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् ।

‘ सरकारबाट नै हत्यारालाई संरक्षण छ, नत्र बलात्कारपछि हत्या भएको एक नाबालिकाको ८ महिना बितिसक्दा पनि हत्यारा गर्ने अपराधी किन पत्ता लगाउन सक्दैन् ? नेतृ ‘संग्रौलाले भनिन्’, सरकार नालायक र भ्रष्ट सरकार हो ।’

राष्ट्रियताको सवालमा सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एकै सिक्काका दुई पाटामा उभिएको उनको दाबी छ । उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मूठभेड तीर धकेल्न खोजेको आरोप पनि लगाइन ।