१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलरको तुलनामा नेपाली मुद्रा बलियो, विनिमय दर १ सय १० रुपैयाँ



अ+ अ-

काठमाडौँ । पछिल्ला ६ महिनामा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) बलियो बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षणमा कमी आएसँगै नेरु बलियो देखिन थालेको हो ।

मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय १० रुपैयाँ ६० पैसा तोकेको छ । यसअघिको उच्च विनिमय दरको तुलनामा मंगलबारका लागि नेरु करिब साढे आठ प्रतिशत विन्दुले बलियो भयो देखिएको छ ।

करिब ७ महिनाअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ हाराहारीमा थियो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।

अमेरिकी डलरको तुलनामा भारु बलियो भएपछि नेरु पनि बलियो बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

पछिल्लो समयमा अमेरिकाको अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको कारणले लगानीकर्तामाझ डलरको आकर्षण घटेको छ ।