१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलरको तुलनामा नेपाली मुद्रा बलियो, विनिमय दर १ सय १० रुपैयाँ



अ+ अ-

काठमाडौँ । पछिल्ला ६ महिनामा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) बलियो बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षणमा कमी आएसँगै नेरु बलियो देखिन थालेको हो ।

मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय १० रुपैयाँ ६० पैसा तोकेको छ । यसअघिको उच्च विनिमय दरको तुलनामा मंगलबारका लागि नेरु करिब साढे आठ प्रतिशत विन्दुले बलियो भयो देखिएको छ ।

करिब ७ महिनाअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ हाराहारीमा थियो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।

अमेरिकी डलरको तुलनामा भारु बलियो भएपछि नेरु पनि बलियो बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

पछिल्लो समयमा अमेरिकाको अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको कारणले लगानीकर्तामाझ डलरको आकर्षण घटेको छ ।