१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको उत्तरपश्चिमी प्रान्तमा डुङ्गा पल्टिदा चार जना आप्रवासीको मृत्यु



अ+ अ-

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिहरु इरानी र अफगानी रहेका छन् ।

गैरकानूनी रुपमा सवार रहेका १५ व्यक्तिको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको हो । सुरक्षाकर्मीहरुले ११ व्यक्तिलाई उद्धार गरेको संचार माध्यमहरुले जनाएको छ । वेपत्ता व्यक्ति नरहेकाले उद्वारकार्य पनि बन्द गरिएको छ ।

आप्रवासीहरु गैरकानूनी रुपमा प्रवेश गर्ने प्रमुख मार्ग टर्की भएर युरोपतर्फ लाग्ने गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच भएको एक सम्झौताले गैरकानूनी रुपमा बढीहरेका आप्रवासीको सङ्ख्या घटाउन सहयोग गरेको छ ।