१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई राहत दिन हेटौंडालाई नै स्थायी राजधानी बनाउ



अ+ अ-

हेटौंडा । मकवानपुरस्थित जनसरोकार केन्द्र संयोजक धुव्रप्रसाद चौलागाईंले हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न माग गरेका छन् । हेटौंडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको भन्दै उनले हेटौंडालाई नै राजधानी बनाउन उपयुक्त हुने बताए ।

मङ्गलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक चौलागाईंले सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौंडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने बताए ।

‘सवारीसाधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौँलाई थोरै भए पनि राहत दिन, हेटौंडालाई काठमाडौँको वैकल्पिक शहरका रुपमा विकास गर्न गर्नुपर्छ ।’