८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बोआओ फोरम सुरु – चीनकै प्राथमिकता किन कम ?

बोआओ फोरम सुरु – चीनकै प्राथमिकता किन कम ?
अ अ+ अ-


काठमाडौँ । चीनको एक अन्तर्राष्ट्रिय मञ्च बोआओ फोरम सम्मेलन आजदेखि चीनमा सुरु भएको छ । यस सम्मेलनमा कम्तीमा पनि ३० हजार स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तर यस वर्षको यो फोरमलाई चीनले नै कम प्राथमिकतामा राखेको बुझिएको छ । चीनको पछिल्लो नीतिमा यसलाई भन्दा बढी प्राथमिकतामा बिआरआई सम्बन्धी फोरमलाई राखिएको हुनसक्ने अनुमान धेरैको छ ।


प्राध्यापक डा. राजिवकुमार झा


केही दिन अघिका नेपाली छापाहरुले चीनले यस पटकको यस फोरममा नेपाललाई आमन्त्रण नगरेको समाचार बनाए । ती मिडियाले वर्तमान सरकारलाई चीनले उक्त फोरममा आमन्त्रण नगर्नुलाई नेपाल चीन सम्बन्धसँग पनि जोडेर विश्लेषण गरेका थिए ।


तर त्यो विश्लेषण सही नभएको चीन मामिलाका जानकार रहेका एकजना नेपाली प्राध्यापक डा. राजिवकुमार झाको भनाई छ । उनले भने–यसपटक चीनले बोआओ फोरमलाई भन्दा पनि बिआरआई सम्मेलनलाई बढी प्राथमिकतामा राखेको देखिन्छ । त्यसैले यस सम्मेललनमा कुनै देशका सरकार तथा राष्ट्रप्रमुखहरुको सहभागिता मैले देखेको छैन– प्राध्यापक झाको भनाई छ ।
आजदेखि चीनमा यो फोरमको बैठक सुरु भएको समयमै फोरमको यस सम्मेलनमा चिनियाँ राष्ट्रपतिको सहभागिता नदेखिनुले पनि प्राध्यापक झाको भनाईको पुष्टि गर्दछ । सहभागिता मात्र होइन कि यतिखेर चिनियाँ राष्ट्रपति सि चिनफिङ विदेश भ्रमणमा छन् । उनी केही दिनदेखि युरोपको भ्रमणमा रहेका छन् ।


उक्त बिआरआई सम्मेलन अर्काे महिना बेइजिङमा हुन लागेको छ । सो सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका सरकार तथा राष्ट्रप्रमुखहरुको सहभागिता रहने प्राध्यापक झाको भनाई छ । सो सम्मेलन चीनका लागि धेरै हिसाबले महत्वपूर्ण हुनेछ र नेपालका लागि पनि त्यो फलदायी हुनेछ, प्राध्यापक झाले भने । त्यस सम्मेलनमा चीन सरकारले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गरिसकेको र त्यो भ्रमणलाई बढी महत्व पनि दिएको उनको भनाई छ ।
प्राध्यापक झाले भनेजस्तै चीनले आजदेखि सुरु भएको बोआओ सम्मेलनलाई महत्व दिएको देखिँदैन । बिआरआई चीनको सबैभन्दा महत्वपूर्ण र महत्वाकांक्षी आयोजना हो । यस आयोजनालाई वर्तमान राष्टपति चिनफिङले अघि सारेका हुन् ।


चीनले हरेक वर्ष बोआओ सम्मेलन गर्नेगर्छ भने हरेक दुई वर्षमा बिआरआई सम्मेलन गर्ने प्रचलन सुरु गरेको छ । आर्थिक मञ्चका साथै सहयोग आदान प्रदान र समझ्दारी सम्झौताका रुपमा स्थापित सो मञ्चमा प्रधानमन्त्री केपी ओलीले तीन वर्षअघि आफू प्रधानमन्त्री भएको बेला सहभागी भएका थिए । त्यसपछि नेपालका राष्ट्रपति या प्रधानमन्त्रीको सहभागिता भएको छैन ।
चीनले आफ्ना सहयोगी तथा साझेदार राष्ट्रहरुलाई बिआरआई मार्फत सहयोग गर्न चाहेको पनि प्रष्ट देखिन्छ । त्यसैले यस पटकको उक्त सम्मेलनमा बेइजिङमै गर्ने, उक्त आयोजनामा हस्ताक्षर गरेका राष्टका प्रमुख एवम् सरकार प्रमुखहरुलाई आमन्त्रण गरेको छ, उनीहरुलाई बढी भन्दा बढी सहभागी गराएको छ र उनीहरुसँग द्धिपक्षीय र बहुपक्षीय वार्ताहरु गरी आर्थिक सामाजिक क्षेत्रमा सहयोग र समझ्दारीको सम्झौता पनि गर्नेछ ।


प्राध्यापक झाले भने– चीन सरकारको प्राथमिकतामा नेपाल नपरेको भन्ने कुरा गलत हो, अहिले झन् बढी प्राथमिकतामा परेको छ, राष्ट्रपतिको भ्रमणलाई चीनले प्राथमिकतामा राखेको छ र त्यस समयमा दुई देशबीचमा आर्थिक र सामाजिक क्षेत्रका विभिन्न आयोजनामा सम्झौता हुने सूचना पनि मैले पाएको छु ।


आजदेखि सुरु भएको सो फोरममा चीनमा विभिन्न देश र चीनका समेत गरी कम्तीमा पनि ३० हजार प्रतिनिधिको सहभागिता छ । तर सरकार तथा राष्टप्रमुखहरु भने छैनन् । आजको ठीक एक महिना पछि हुन लागेको बिआरआई सम्मेलनमा भने विश्वका कम्तीमा पनि ५० देशका सरकार तथा राष्ट्रप्रमुखरुको सहभागिता हुने लगभग निश्चित भएको छ । त्यसैले पनि चीनको प्राथमिकतामा बोआओ भन्दा बिआरआई फोरम पर्न थालेको बुझ्न सकिन्छ ।