१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोलाई हराउन ‘पावर हाउस’ अर्जेन्टिनाको ठूलै संघर्ष



अ+ अ-

ब्युनसआयर्स : दक्षिण अमेरिकी ‘पावर हाउस’ अर्जेन्टिनाले बुधबार बिहान खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मोरक्कोलाई हराउन ठूलै संघर्ष गर्नु पर्‍यो।

मोरक्कोको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा आएर मात्र अर्जेन्टिनाको जित सम्भव भएको थियो।

आफ्ना स्टार खेलाडी लियोनल मेसी बिना नै मैदानमा ओर्लिएको अर्जेन्टिनाका लागि खेलको ८३औं मिनेटमा एन्जल कोरियाले निर्णायक गोल गरेका थिए। उनी ६२औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए।

गत शुक्रबार खेलिएको मैत्रीपूर्ण खेलमा भने अर्जेन्टिनालाई भेनेजुएलाले ३-१ गोलले हराएको थियो। मोरक्कोविरुद्घको खेलमा अर्जेन्टिनाका अधिकांश अनुभवी खेलाडी उपस्थिति थिएनन्।

मेसी, सर्जियो एग्वेरो, एन्जल डी मारियाजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा अर्जेन्टिनाको अग्रपँक्तिको जिम्मेबारी पाउलो डिबालले सम्हालेका थिए।

अर्को मैत्रीपूर्ण खेलमा अल्जेरियाले ट्युनिसियालाई १-० गोलले पराजित गर्‍यो। नाइजेरियाले भने घरेलु मैदानमा बलियो इजिप्टमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो। उक्त खेलमा इजिप्ट आफ्ना अनुभवी खेलाडी मोहमद सलाह बिना नै मैदानमा ओर्लिएको थियो।

अर्को खेलमा चिलीले अमेरिकालाई उसैको घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोक्यो। अमेरिकाका लागि चौथो मिनेटमा क्रिस्टियन पुलिसिचले र चिलीका लागि नवौं मिनेटमा ओस्कर ओपाजोले गोल गरेका थिए। होण्डुरस पनि घरेलु मैदानमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो। एल साल्भाडोरले पेरुलाई उसैको मैदानमा २-० गोलले पराजित गर्‍यो