१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग अफगानिस्तान रुष्ट, राजदूत फिर्ता बोलायो



अ+ अ-

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको एक अभिव्यक्तिबाट रुष्ट भएको अफगानिस्तानले आफ्नो राजदूत फिर्ता बोलाएको छ । इमरान खानले हालै अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

अफगानिस्तानले खानको यो अभिव्यक्तिलाई गैरजिम्मेवार भएको भन्दै आफ्नो राजदूत फिर्ता बोलाएको हो । पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनी दिएको छ ।

अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमा लेखेका छन्– पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्दैन, ऊ हस्तक्षेपको नीतिमा अगाडि बढिरहेको छ । यस विषयमा अफगानिस्तानले पाकिस्तानसँग स्पष्ट जवाफ समेत माग गरेको छ ।

बीबीसीका अनुसार इमरान खानले अफगानिस्तानमा अन्तरिम सरकार बनेमा अमेरिका र तालिबान समूहबीच वार्ताले गति लिने बताएका थिए ।

किनकि तालिबान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता नगर्ने अडान लिएको छ । असरफ गनी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको अभिव्यक्तिसमेत इमरान खानले दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

अमेरिकाले अफगानिस्तानमा रहेका तालिबान लडाकु समूहसँग वार्ता गर्ने कोशिस गर्दै आएको छ ।