८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपचार खर्च राजदुतावासलाई बोकाएर प्रचण्ड पत्नीसहित अमेरिकाबाट बिदा भए

उपचार खर्च राजदुतावासलाई बोकाएर प्रचण्ड पत्नीसहित अमेरिकाबाट बिदा भए
अ अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारपछि आज स्वदेश फर्किदै छन्। सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएपछि दाहाल नेपाल फर्किएका हुन् ।

दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका पुगेका थिए । अध्यक्ष दाहाल पत्नी सीता,छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गरेका छन्।

नेकपा अध्यक्ष दाहाल न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलबाट स्वदेश फर्केका छन्।अध्यक्ष दाहालको बिदाईका लागि राजदुत डाक्टर अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्य दूत पुष्पराज भट्टराई लगायत बिमानस्थल पुगेका थिए।

सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको थियो । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि अमेरिकाको चिकित्सकहरुले समेत उनलाई सोही रोग रहेको निर्क्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि दिएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुराइएको राजदूत डाक्टर अर्जुन कार्कीले जानकारी दिए ।

दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थामा सुधार आएको र सामान्य हिँडडुल आफै गर्न सक्ने भएको परिवार श्रोतले जानकारी दिएको छ।

सीताको उपचारको सबै समन्वय वासिङटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उपचार प्रक्रिया सकिएकाले नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी, बिहिवार नेपाल पुग्नेगरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालले पत्नी सीताको उपचारसँगै यस क्रममा केही राजनीतिक भेटघाट तथा छलफल समेत गरेका छन्। उनले अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया प्रमुख एलिस वेल्ससँग दुई देशको सम्बन्ध र हितका बारेमा कुराकानी गरेका छन्।

यस्तै अध्यक्ष दाहालले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डिलेसीसँग समेत कफी भेटघाट गरे। यस्तै हालै मात्रै मेरिल्याण्ड राज्यको, राज्य संसदमा निर्वाचित नेपाली मुलका ह्यारी भण्डारीसँग भेटघाट गरेका छन्।