१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जिते मतदातालाई १० लिटर रक्सी र १० वटा सुनका सिक्का दिने घोषणा



अ+ अ-

भारतमा अहिले लोकसभा चुनावको माहोल तातेको बेलमामा चुनावी अभियानको क्रममा बिभिन्न घोषणाहरु गर्न काम भइरहेको छ । यसै क्रममा तमिलनाडुका एकजना स्वतन्त्र उम्मेदवारीले आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् ।

५५ वर्षका शेख दाउदले उक्त घोषण गरेका हुन् । उनि पेशाले सूूचिकार रहेका छन् । उनि तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा उठेका छन् ।


उनले हरेक परिवारका लागि १०लिटर रक्सी मानिसहरुलाई बिगार्नका लागि बितरण गर्ने योजना नबनाएको भन्दै पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने उनको भनाइ छ ।

चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका उनले महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि उनको छ ।

साथै उनले घोषणापत्रमा हरेक परिवारका एक जनालाई सरकारी जागिर दिने, हरेक छोरीलाई बिहेको बेला १० वटा सुनका सिक्का र १० लाख नगद दिने जस्ता घोषणा पनि गरेका छन् ।