१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यादीले ६० करोड अमेरिकी डलरमा एचके एक्सप्रेस खरिद गर्ने



अ+ अ-

हङकङ । हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई खरिद गर्न लागेको छ ।क्यादीले उक्त एक्सप्रेसलाई झन्डै ६० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको हो ।

क्यादी प्यासिफिकले जारी गरेको विज्ञप्तिमा न्यून लागतका उडान सेवाबाट उत्पन्न प्रतिस्पर्धासँग जुध्न यस्तो कदम चाल्नु परेको उल्लेख गरेको छ ।

नयाँ एयरलाइन्स खरिद गरेसँगै हवाई उड्डयन उद्योगमा हङकङमा प्रमुख चार विमानसेवा प्रदायकमध्ये तीन वटामा क्यादीको बर्चश्व कायम हुनेछ । हङकङ विमानस्थल एसियाकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हो ।

विगत दुई वर्षदेखि नोक्सान व्यहोर्दै आएको क्यादीलाई नयाँ स्वरुपमा लैजान एचके एक्सप्रेसको खरिदले ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ ।

एचके एक्सप्रेससँगको सम्पूर्ण कागजी प्रक्रिया आगामी डिसेम्बरभित्र पूरा हुनेछ । क्यादीले एचके एक्सप्रेसकै नाममा न्यून लागतको हवाई सेवा उपलब्ध गराउने जनाएको छ ।

उक्त घोषणालगत्तै क्यादीको शेयर झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । क्यादीको सेवामाथि सिंगापुर एयरलाइन्सले सबैभन्दा ठूलो चुनौती दिएको छ ।

एचके एक्सप्रेसले जापान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र भियतनाम समेतका धेरैवटा हवाई मार्गमा सस्तो दरमा उडान गरिरहेको छ ।

सस्तो विमान सेवाका कारण सबैभन्दा ठूलो चुनौती व्यहोरेको क्यादीले आर्थिक स्थिति सुधारका नाममा सन् २०१६ मा ६०० कामदार हटाउनुका साथै कैयौं स्थानका कार्यालयहरु बन्द गरेको थियो ।