धनगढी । सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालको प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गरेको चौथौ दिन चैत ७ गते धनगढी उपमहानगरपालिका–१२ की रेखा कडायत थापाको मृत्यु भएपछि सूति सेवा प्रभावित भएको हो ।
मृतकका आफन्तले चैत ८ र ९ गते अस्पतालमा तोडफोड गरेका थिए । ७० शैया रहेको उक्त अस्पतालमा दैनिक २० भन्दा बढी गर्भवती आउने अस्पतालमा पाँच दिनयता एक जना मात्र भर्ना भएका छन् ।
अस्पतालका सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार सुत्केरी मृत्यु प्रकरणको अनुसन्धान विशेष टोलीले अघि बढाएको छ ।
काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहका वरिष्ठ चिकित्सक सन्देश पौडेल नेतृत्वको टोली छानबिन गर्न आएको अस्पतालले जनाएको छ ।