१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषसहित दुई युवा पक्राउ



अ+ अ-

विराटनगर । लागुऔषसहित दुई युवा इटहरीबाट पक्राउ परेका छन्।

अफिमको मिसावट भएका विभिन्न नामका ट्याब्लेट औषधि बिक्री गर्दै गरेका युवालाई इटहरी प्रहरीले पक्राउ गरेको हो।

इटहरीका अलगअलग स्थानबाट सोमबार प्रक्राउ गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी समिरचद्र खरेलले जानकारी दिएका छन्।


एसपी खरेलका अनुसार इटहरी ४ को राजमार्गमा को ३३ प ५७२२ नम्बरको मोटर साइकल जाँच गर्दा पक्राउ गरेका मोरङ बवियाबृताका जीतेन्द्र राजवंशी र पाँचथर घर भइ इटहरी–२ मा डेरा गरी बस्ने दिनेस संग्रौलाको कोठाबाट लागुऔषध बरामद भएको हो ।

राजवंशीको साथबाट नाइट्रेजेपाम ट्यावलेट १ सय ८० पत्ता, ट्रामाडोल क्याप्सुल ४०० पत्ता रहेको छ। त्यस्तै उनको कोठाबाट समेत स्पासमेपिभन ५ सय ८४ क्याप्सुल, स्पापेन सीप्लस ८ सय ५० ट्वावलेटलगायत विभिन्न नामका औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सांग्रौलाको कोठाबाट भने ट्रामाडोल नामको औषधि ३ हजार २ सय ३० क्याप्सुल भेटिएको छ।

प्रहरीले दुबैलाई लागुऔषध प्रयोगकर्ता बनेर लागुऔषध खरिद गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनिहरु विरुद्ध लागुऔषध खरिद तथा बिक्री वितरणअन्तर्गत मुद्धा चलाइने बताएको छ।