१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक एसिया क्षेत्र छनोटको दोस्रो चरणको लागि तयारी सुरु



अ+ अ-
This image has an empty alt attribute; its file name is woman-football-tem-nepal.png

काठमाडौँ । विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली महिला फुटबल टिम प्रशिक्षणमा फर्किएको छ । जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेलको तयारीको लागि प्रशिक्षणमा फर्किएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज (बुधबार) देखि मुख्य प्रशिक्षक हरि खड्का प्रशिक्षणमा महिला टिमले अभ्यास थालेको हो ।

छनोटको दोस्रो चरणको खेल अप्रिल तीन तारिखदेखि म्यानमारमा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ ।इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष स्थानमा पर्ने टिम मात्रै अघिल्लो चरणमा प्रवेश गर्ने छ ।