१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल :कोलकत्ताको लगातार दोस्रो जित, आन्द्रे रसेलको अलराउण्डर प्रर्दशन



अ+ अ-

काठमाडौँ । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले किंग्स इलाभेन पन्जाबलाई २८ रनले हरायो ।

दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९० रन मात्र बनाएको थियो । पन्जावका लागि डेविड मिलरले अविजित ५९, मायंक अग्रवालले ५८, मन्दीप सिंहले अविजित ३३, क्रिस गेलले २० र सरफराज खानले १३ रन बनाए । बलिङमा कोलकत्ताका आन्द्रे रसेलले दुई, पियुष चवला र लोकी फग्र्युसनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा दुई सय १८ रन बनाएकको थियो । कोलकत्ताका लागि अलराउण्डर प्रर्दशन गरेका आन्द्रे रसेलले ४८ रन बनाए । रोविन उथप्पाले ६७, नितिश रानाले ६३, सुनिल नारायणले २४ र क्रिस लिनले १० रन बनाए । बलिङमा पन्जाबका लागि मोहम्मद शामी, वरुण चक्रवर्ती, एन्ड्रयु टाई र हार्डस विलजोनले एक एक विकेट लिएका थिए ।