१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल :कोलकत्ताको लगातार दोस्रो जित, आन्द्रे रसेलको अलराउण्डर प्रर्दशन



अ+ अ-

काठमाडौँ । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले किंग्स इलाभेन पन्जाबलाई २८ रनले हरायो ।

दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९० रन मात्र बनाएको थियो । पन्जावका लागि डेविड मिलरले अविजित ५९, मायंक अग्रवालले ५८, मन्दीप सिंहले अविजित ३३, क्रिस गेलले २० र सरफराज खानले १३ रन बनाए । बलिङमा कोलकत्ताका आन्द्रे रसेलले दुई, पियुष चवला र लोकी फग्र्युसनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा दुई सय १८ रन बनाएकको थियो । कोलकत्ताका लागि अलराउण्डर प्रर्दशन गरेका आन्द्रे रसेलले ४८ रन बनाए । रोविन उथप्पाले ६७, नितिश रानाले ६३, सुनिल नारायणले २४ र क्रिस लिनले १० रन बनाए । बलिङमा पन्जाबका लागि मोहम्मद शामी, वरुण चक्रवर्ती, एन्ड्रयु टाई र हार्डस विलजोनले एक एक विकेट लिएका थिए ।