८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालको घरमा प्रहरीको छापा

ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालको घरमा प्रहरीको छापा
अ अ+ अ-

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको घरमा प्रहरीले छापा मारेको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा भाग लिएर फर्किएका नेपालको घरमा आज प्रहरीले छापा मारेको हो ।

नेपालको चाबहिलस्थित निवासमा प्रहरीले आज बिहान ८ बजे खानखानतलासी गरेको हो । नेपाल प्रहरीका ६ जनाले घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको नेपालले जानकारी दिएका छन् ।

खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै उनले फेसबुकमा विरोध जनाएका छन् ।

उनले लेखेका थिए, ‘भारतका विदेश सचिव विजय गोखले भोलि बिहीबार काठमाडों आउँदा कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ । नेपाल प्रहरीले निगरानी राखेको हुन सक्छ । तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका साथीहरु सचेत र सतर्क भएर बस्नुहोला ।’

यसअघि पनि उनले भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा एयरपोर्टमा कालो झण्डा देखाउने गरेका थिए । अघिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।

‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा प्रशासन स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’