१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्री पोखरेलको अमेरिका मोह, शान्ति मिसन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम



अ+ अ-

अमेरिका । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित तीन सदस्यीय टोली अमेरिका आइपुगेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल न्युयोर्क पुगेका हुन् ।

बुधबार न्यूयोर्कपुगेको रक्षामन्त्री पोखरेलले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। पोखरेलले बैठकमा नेपाली सेना र नेपाल प्रहरीले पुर्‍याएको योगदानबारे जानकारी गराउने छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने मन्त्रीस्तरीय बैठकमा सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी छलफल हुने छ ।

रक्षामन्त्री पोखरेलसँगै नेपाली सेनाका महासेनानी चोकबहादुर ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव धनश्याम भण्डारी पनि रहेका छन् ।
उनीहरुको स्वागत गर्न राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्यदूतावास न्यूयोर्कका प्रमुख पुष्पराज भट्टराईलगायत नेकपा सर्मथित नेता विमानस्थल पुगेका थिए।