१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’
अ अ+ अ-

“हिमालमा हिउँ नटुटे झैँ
    जिन्दगीका अनेकौँ मोडहरूमा 
    एकपछि अर्को 
    दोसाँध आइरहँदा रहेछन्”
कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । 

हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतार्नुभएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ ।

वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भन्नुभएको छ,
    “विश्व मानचित्रमा
    सन्त्रास फैलाउन सफल
    अदृश्य कोरोनाले
    मानव जीवनमा
    अविस्मरणीय घटना
    निम्त्याइरहेछ” 

यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आइसोलेशनमा ठप्प पारेको चर्चा गर्दै उहाँ लेख्नुभएको छ,
    
    “विना सर्त, विना अनुमति
    अदृश्य शक्तिका रुपमा 
    मानव क्षमता र घमण्डलाई
    चुनौती दिँदै
    विश्वलाई आइसोलेशन
    र 
    क्वारेन्टिनमा ठप्प पार्न
    अग्रसर छ कोरोना”

हिमाल, पहाड र तराईले भरिपूर्ण हाम्रो मातृभूमि गर्व गर्न लायक भएको उल्लेख गर्दै ‘मातृभूमि’ कवितामा उहाँले भन्नुभएको छ,

    “जन्मँदै सगरमाथाको चुचुरोबाट
    विश्वलाई नियाँल्न पाउनु
    हिउँ जलमा
    डुबुल्की मार्दै
    नेपाल आमाको काखमा
    प्राकृतिक छटासँग
    लुटुपुटु हुँदै
    रमाउन पाउनु
    हाम्रो अहोभाग्य”

बढ्दो भ्रष्टाचारका विरुद्धमा आवाज उठ्न नसकेको भन्दै कविले बतासे विकास शीर्षकको कवितामा भन्नुभएको छ,
    “योजनाको भ¥याङ चढेर
    विकासका नाममा
    भरिरहेछन्
    आफ्ना ढुकुटी
    चखाइरहेका छन्
    आसेपासेलाई
    लित्कोपित्को
    त्यसैले
    घूसखोरी र भ्रष्टाचारी
    विरुद्धका अवाजहरू
    उठ्न सकिरहेका छैनन्”

५१ वटै गद्य कविता रहेको दोसाँधमा कविले विभिन्न विम्ब प्रतिविम्बको प्रयोग गरी जीवन र जगत्का हरेक पक्षलाई समेटेको पाइन्छ । ‘सिरानी’ शीर्षकको कवितामा कविले भन्नुभयो,
    “यसलाई मात्र थाह छ
    भूत, वर्तमान
    भविष्यको योजना
    यो दिमाग बिसाउने
    रातको चौतारी रहेछ
    सिरानी”

विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील कवि शाह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी प्रदेश समिति, कस्केली अधिकृत समाज आदि संस्थामा अध्यक्षको जिम्मेवारीका साथै विभिन्न संस्थाको संस्थापक÷सल्लाहकार, एवम् पदाधिकारीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ देउरालीडाँडामा जन्मी हाल पोखरा–६ बैदाम बस्नुहुने उहाँका समयले कोरेका रेखाहरू (लेख सङ्ग्रह—२०६३), गौरव (आधुनिक गीति एल्बम–२०६४), दुई हरफ (कविता सङग्रह–२०६६), नेपाःश्री (आधुनिक गीति एल्बम–२०७१) आदि प्रकाशित छन् । शाहको नेपाः श्री गीति एल्बममा श्रीलङ्काका प्रसिद्ध गायक, सङ्गीतकार डा प्रवात निलन्त पेरिसको स्वर र सङ्गीतमा श्रीलङ्कामा नै रेकर्ड गरिएको थियो । 

नेपाल राष्ट्र बैंकको उपनिर्देशकबाट सेवा निवृत्त भई हाल समाजिक सेवाका क्षेत्रमा क्रियाशील शाहले गद्दी आरोहण रजत पदक–२०५३, नेपाल स्काउट दीर्घ सेवा सम्मान–२०५८, नेपाल राष्ट्र बैंक सेवा पदक–२०६३, अन्नपूर्ण म्युजिक अवार्ड–२०६५, रिनाउन पिस पाएट–लिरिसिष्ट अफ नेपाल श्रीलङ्काबाट सम्मान–२०७२,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)छैटौँ साहित्य सम्मेलन सम्मान–२०७५ जस्ता दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।  

‘बाबा’ साहित्य साधक सम्मान कोषका संस्थापकसमेत रहनुभएका शाहले २०६५ मा गुरुकुल काठमाडौँमा एकल कविता वाचन गर्नुभएको थियोे भने २०६८ मा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा टिकटकमा एकल कविता वाचन गर्नुभएको थियो । भारत, जर्मन, जापान, बेल्जियम लगायतका विभिन्न १२ देशको भ्रमणको अनुभव सँगालेका शाह साहित्य सिर्जनाका क्षेत्रमा विगत चार दशकभन्दा बढी क्रियाशील हुनुहुन्छ ।