८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गाजा क्षेत्र युद्ध र गरिबीबाट आक्रान्त

गाजा क्षेत्र युद्ध र गरिबीबाट आक्रान्त
अ अ+ अ-

गाजा शहर । प्यालेस्टिनीहरुको बाक्लो बसोबास रहेको गाजा क्षेत्रमा इस्लामिक क्रान्तिकारी संगठन हमासले प्रशासन चलाउन थालेको केही वर्ष भइसकेको छ । यो ठाउँ गरिबीबाट आक्रान्त हुनुका साथै इजरायल र इजिप्टको नाकाबन्दीले थप सङ्कटमा छ ।


पृथ्वीमै सर्वाधिक जनघनत्व रहेका स्थानमध्ये एक गाजा क्षेत्रमा २० लाख प्यालेस्टिनीको बसोबास छ । यो ठाउँ भूमध्यसागरको किनारामा केबल ३६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । करिब ४१ किलोमिटर लम्बाई र १२ किलोमिटर चौडाईमा फैलिएको गाजा शहर इजरायल र इजिप्टसँग सीमा जोडिएको छ ।


सन् १९४८–१९४९ सम्मको अरब–इजरायली युद्धपछि गाजालाई इजिप्ट मातहत राखिएको थियो तर यसलाई इजिप्टमा बिलय गरिएको थिएन । तर सन् १९६७ को छ दिने युद्धपछि गाजा शहरलाई इजरायलले कब्जामा लिएको थियो ।


सन् १९९३ को ओस्लो सम्झौता बमोजिम यहाँ प्यालेस्टिनी प्रशासनलाई मान्यता दिइयो । यसले गाजा क्षेत्रको दुई तिहाई भागमा नियन्त्रण गर्दछ । सन् २००५ मा इजरायलले ३८ वर्षदेखिको कब्जा त्यागेर आफ्ना सेना र त्यहाँ बसोबास गर्ने इजरायली नागरिकलाई हटाएको थियो ।
सन् २००६ मा इजरायलले हमास समूहलाई आतङ्कवादी संगठन घोषणा गर्दै गाजा क्षेत्रमा हवाई, जमिन तथा समुद्र तीनै क्षेत्रबाट नाकाबन्दी लगायो । इजरायली क्षेत्रबाट हमासका लडाकूहरुले एक जना इजरायली सैनिकलाई कब्जामा लिएसँगै इजरायलले सीमाबाट मानिसहरुको ओहोरदोहोर पूरै बन्द गरेको थियो ।


प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास समर्थित सैनिकलाई इस्लामी चरमपन्थी हमासले निष्कासन गरेपछि नाकाबन्दीलाई अर्को वर्ष अझ कडा पारियो । इजरायलले नियन्त्रणमा नराखेको गाजामा प्रवेश गर्ने एकमात्र प्रवेशद्वार इजिप्टसँग सीमा जोडिएको रफाह हो, तर सन् २०१३ देखि यो नाकामा पनि कडाई गरिएको छ ।

गरिबीको चपेटामा गाजा क्षेत्र

गाजा क्षेत्रमा कुनै उद्योग छैनन् र यहाँ खानेपानी तथा इन्धनको अति अभाव छ । गाजा क्षेत्रमा कुनै प्राकृतिक स्रोतसाधन पनि छैनन् । कूल जनसंख्याका करिब ५३ प्रतिशत बेरोजगार छन् ।

गाजामा युवा बेरोजगारी करिब ७० प्रतिशत पुगेको छ भने दुई तिहाईभन्दा बढी जनसंख्या दाताहरुको सहयोगमा निर्भर रहेको छ । हरेक दुई व्यक्तिमा एक जना गरिबीको रेखामुनि रहेको छ ।

भूमिगत जलस्रोतको अति दोहनका कारण यहाँको ९५ प्रतिशतभन्दा बढी खानेपानी पिउनयोग्य छैन, र यहाँको विद्युत सेवा भरपर्दो छैन ।

अक्टोबर २०१८ मा कतारले संयुक्त राष्ट्रसंघको अनुरोधमा विद्युत गृह संचालनका लागि ६ करोड अमेरिकी डलर सहायता गरेको थियो ।

नोभेम्बरमा कतारले कर्मचारीको तलब भुक्तानीका लागि ९ करोड अमेरिकी डलर नगद सहायता उपलब्ध गराएको थियो । यो रकमबाट छ महिनामध्ये चार महिनाको तलब भुक्तानी गरिएको छ ।

सन् २००८ देखिका तीनवटा युद्ध


इजरायलले गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकूहरु विरुद्ध धेरै पटक सैनिक कारबाही गरिसकेको छ । युद्धबाट हजारौंको ज्यान गइसकेको छ ।


इजरायलले सन् २००८ डिसेम्बरमा प्यालेस्टिनी रकेट आक्रमण रोक्ने भन्दै “अपरेशन कास्ट लिड” नामको विशाल हवाई आक्रमण गरेको थियो । यो युद्ध जनवरी २००९ मा सकिएको थियो तर यस सैन्य कारबाहीका कारण एक हजार ४४० प्यालेस्टिनी र १३ जना इजरायलीको मृत्यु भएको थियो ।


फेरि, नोभेम्बर २०१२ मा इजरायलले “अपरेशन पिल्लर अफ डिफेन्स” नामको अर्को सैनिक कारबाही गरेको थियो । यो कारबाहीबाट हमासका बरिष्ट कमान्डर अहमद जाबरीको मृत्यु भएको थियो । करिब आठ दिनको यस अभियानबाट १७० जनाभन्दा बढी प्यालेस्टिनी नागरिक र ६ जना इजरायलीको ज्यान गएको थियो ।


जुलाई २०१४ मा गाजा क्षेत्रबाट हुने क्षेप्यास्त्र ९रकेट० आक्रमण रोक्न तथा तस्करी एवं लडाकूहरुको ओहोरदोहार बन्द गराउन इजरायल–गाजाको सीमामा खनिएका सुरुङहरु नष्ट गर्न भन्दै इजरायलले “अपरेशन प्रोटेक्टिभ एज” सञ्चालन गरेको थियो । यस कारबाहीमा २ हजार २५१ जना प्यालेस्टिनीको मृत्यु भएको थियो भने ७४ जना इजरायलीको ज्यान गएको थियो ।
मार्च ३०, २०१८ मा प्यालेस्टिनीहरुले इजरायलसँग सीमा जोडिएको गाजा इलाकामा लामो समयदेखि व्यापक प्रदर्शन जारी राखेका छन् ।

उनीहरु इजरायलमा रहेका आफ्ना घरहरु इजरायलले फिर्ता गर्न माग गरिरहेका छन् । सन् १९४० को दशकमा उनीहरु आफ्ना घर छाडेर गाजा क्षेत्रतर्फ पलायन भएका वा इजरायलबाट निष्काशन गरिएका थिए ।


नागरिक समाज समूहहरुको अगुवाईमा अहिले गाजा क्षेत्रमा “ग्रेट मार्च अफ रिटर्न” अर्थात् घरफिर्ती महाअभियान सञ्चालित छ । यो अभियानकै कारण इजरायली फौजसँग दिनहुँजसो झडप भइरहेको छ । यसक्रममा इजरायली सेनाको गोली प्रहारबाट २५८ जना प्यालेस्टिनी र दुई इजरायली सेनाको मृत्यु भइसकेको छ ।