७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेमन्तप्रकाश वलीलाई पक्राउ गरिएको बारे सरकारसँग जवाफ माग



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ ।

हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले यस्तो निर्णय गरेको हो ।