७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घातक बन्दै मौसम, मौसमविद्ले दिए यस्तो चेतावनी !



अ+ अ-

काठमाडौं । पश्चिमी वायु सक्रिय हुन थालेपछि घाम लाग्नु पर्ने सिजनमा वर्षा हुन थाल्दा बिहानै देखि काठमाडौं उपत्यकामा मौसम परिवर्तन देखिएको छ । उपत्यका सहित देशका विभिन्न भागहरुमा हल्का वर्षा भइरहेको छ ।

मौसम पुर्वानुमान शाखाका अनुसार अहिले स्वभाविक रुपमा गर्मी बढ्दै गएको भए पनि वर्षा सहितको वर्षा हावाहुरी नरोकिदा यात्रामा बाहिर निक्लदा सँगै छाता वा रेककोटजस्ता कुराहरु लिएर जानुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

यस्तो छ मौषमविद्को भनाई :

शनिबारः

दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने पश्चिमी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै स्थानहरुमा र पश्चिमी भू–भागहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

आईतबारः

दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

रातीः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।
सोमबारः

दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू९भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।