७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पानियोलमाथि बार्सिलोनाको सहज जित, मेस्सी फेरी चम्किए



अ+ अ-

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गनेलमो मद्दतले लिड लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित हात पारेको छ ।

शनिबार राति बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भने कप्तान मेस्सी चम्किए । उनले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

शनिबार राति नै भएका अन्य खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई ३–२ ले र लेगानेसले गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४अंक छ ।