८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विवादित थपलिया आयुक्तमा सिफारिस, संसदीय सुनुवाइ प्रक्रिया सुरु

विवादित थपलिया आयुक्तमा सिफारिस,  संसदीय सुनुवाइ प्रक्रिया सुरु
अ अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ ।

थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार बिहान ११ बजे समितिको बैठक बोलाएको छ । आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आइतबारबाट अनिवार्य अवकाश पाएपछि सो पद रिक्त थियो । पद रिक्त भएको भोलिपल्टै बसेको परिषद् बैठकले थपलियालाई प्रमुख आयुक्त सिफारिस गरेको थियो । थपलियाले सोमबार नै सचिव पदबाट राजीनामा दिएका थिए ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेकै बेला संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिएपछि सरकारको आलोचना हुँदै आएको छ । थपलियाले आफूले पदबाट राजीनामा दिइसकेको दाबी गरे पनि कर्मचारी समायोजन सकिएको जानकारी दिन मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले सचिवकै रुपमा आसनग्रहण गरेका थिए । मन्त्रालयको आधिकारिक वेबसाइटबाट उनको नाम हटाइएको छैन ।

त्यतिमात्र होइन, संविधानको धारा २८४ को उपधारा ३ मा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री नै अध्यक्ष रहने परिषदले भने अयोधीप्रसाद यादव प्रमुख आयुक्त पदबाट विदाइ भइसकेपछि मात्रै रिक्त भएको पदमा थपलियालाई सिफारिस गरेको थियो ।

आयुक्त इला शर्माले पनि आइतबार मात्रै अवकाश पाएकी थिइन् । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरिएको छ ।