१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित थपलिया आयुक्तमा सिफारिस, संसदीय सुनुवाइ प्रक्रिया सुरु



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ ।

थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार बिहान ११ बजे समितिको बैठक बोलाएको छ । आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आइतबारबाट अनिवार्य अवकाश पाएपछि सो पद रिक्त थियो । पद रिक्त भएको भोलिपल्टै बसेको परिषद् बैठकले थपलियालाई प्रमुख आयुक्त सिफारिस गरेको थियो । थपलियाले सोमबार नै सचिव पदबाट राजीनामा दिएका थिए ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेकै बेला संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिएपछि सरकारको आलोचना हुँदै आएको छ । थपलियाले आफूले पदबाट राजीनामा दिइसकेको दाबी गरे पनि कर्मचारी समायोजन सकिएको जानकारी दिन मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले सचिवकै रुपमा आसनग्रहण गरेका थिए । मन्त्रालयको आधिकारिक वेबसाइटबाट उनको नाम हटाइएको छैन ।

त्यतिमात्र होइन, संविधानको धारा २८४ को उपधारा ३ मा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री नै अध्यक्ष रहने परिषदले भने अयोधीप्रसाद यादव प्रमुख आयुक्त पदबाट विदाइ भइसकेपछि मात्रै रिक्त भएको पदमा थपलियालाई सिफारिस गरेको थियो ।

आयुक्त इला शर्माले पनि आइतबार मात्रै अवकाश पाएकी थिइन् । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरिएको छ ।