काठमाडौँ । सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रता पायो भन्दैमा जे पायो त्यही लेख्ने क्रम बढेको भन्दै दुखेसो पोखेका छन् । पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले भने बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेको भन्दै उनले भने, ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा केकेसम्म समाचार छाप्नुभयो । आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ?।’
मन परेन भने कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक भएको, तर हुँदै नभएको कुरा नल्याउन आग्रह गरे ।
उनले आफ्नो सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन् । उनले ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न भएको भन्दै आलोचना नगर्न आग्रह गरेका हुन् ।
उनले भने कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधैँ यो कुरा किन उठाउनुहुन्छ ?’