७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहुलियतपूर्ण कर्जामा आकर्षण कम, ६ जना शैक्षिक बेरोजगारले मात्रै लिए कर्जा



अ+ अ-

काठमाडौँ । सरकारले स्वरोजगार बनाउने उद्देश्यसहित गत असोजमा ल्याएको सहुलियतपूर्ण कर्जामा सर्वसाधारणको आकर्षण कम देखिएको छ ।

आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशाला गोष्ठीमा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ६ जनाले मात्रै लिएको जानकारी दिए ।

शैक्षिक बेरोजगारका लागि उपलब्ध गराइने उक्त कर्जा योजना अन्तर्गत पछिल्लो तथ्यांक अनुसार ६ जनाले ३८ लाख रुपैयाँमात्रै लिएका छन् ।

शैक्षिक बेरोजगारहरुकै लागि दिइने अर्को कर्जा उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा भने जम्मा दुई जनाले मात्रै लिएका छन् । उक्त कर्जा योजना अन्तर्गत दुई जनाले जम्मा १० लाख रुपैयाँ लिएको बताए ।