अमेरिका । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल हातेमालो गरे मात्रै देश विकास हुने बताएका छन् । उनले देश बनेन् भनेर गुनासो मात्रै नगरी निश्चित योजनाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा सरकारसँग हातेमालो गर्न आग्रह गरे ।
नेपाल सरकारको न्यूयोर्कस्थित बाणिज्य दूतावासले अमेरिकामा रहेका विज्ञसँग आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने “विदेशमा बसेर गुनासो मात्रै नगर्नुस्, कस्ले बनाइ दिने हो, आउनुहोस् तपाई हामी मिलेर समृद्ध नेपाल निमार्ण गरौं।”