१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजाद्धारा पूर्व प्रधानमन्त्रीलाई दिइएको शाही मानपदवी फिर्ता !



अ+ अ-

बैङ्कक । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन् ।

भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्रदान गर्नुभएको शाही मानवदवी फिर्ता लिन शाही निर्देशन जारी गर्नुभएको छ ।”

थाइल्याण्डमा संसदीय निर्वाचन भएको एक हप्ता नसकिँदै राजाले थाक्सिनको मानपदवी खोसेका हुन् ।

थाक्सिनलाई सन् २००८ मा प्रधानमन्त्री रहेकै बेला विवादास्पद भ्रष्टाचारको अभियोग लगाई सेनाले नै सत्ताच्यूत गरेको थियो । उहाँ त्यतिबेलादेखि नै विवादास्पद भ्रष्टाचारको अभियोगका कारण स्वेच्छिक निर्वासनमा बस्दै आउएका छन् ।