७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकको दोस्रो चरणको खेल्ने नेपाली टिमको विदाइ



अ+ अ-

काठमाडौं । जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज नेपाली महिला टिमलाई विदाइ गरेको हो । नेपाली टिम आज साढे तीन बजे म्यानमार प्रस्थान गर्दैछन् ।

छनोटको दोस्रो चरणको खेल अप्रिल तीन तारिखदेखि म्यानमारमा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ ।इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष स्थानमा पर्ने टिम मात्रै अघिल्लो चरणमा प्रवेश गर्ने छ ।

नेपाली टिम

गोलकिपर –एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर –हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड– निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल