१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा झिनो अंकको गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा ० दशमलव ९१ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ४३ दशमलव ५९ अंकमा झरको हो ।

नेप्से परिसूचकमा झिनो गिरावट आउदा कारोबार रकम भने २६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ५ हजार ७ सय ७७ कारोबारबाट ९ लाख ५० हजार ६ सय ४३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ६६ लाख ६ हजार ८ सय १० रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार अधिकांश समूहहरु राताम्मे देखिएका छन् ।

बैंकिङ, उत्पादनमूलक क्षेत्र र अन्य गरी ३ वटा समूह भने झिनो अंकले सुधार आएर हरियाली देखिएका छन् । कारोबार रकमका आधारमा आइतबार पहिलो नम्बरमा बैंक अफ काठमाण्डू लिमिटेड देखिएको छ । यो बैंकको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक आज दोस्रो स्थानमा देखिएको छ । १ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएर प्रभु दोस्रो नम्बरमा देखिएको हो । यसपछि शिवम् सिमेन्ट, नागरिक लगानी कोष, एनआईसी एसिया बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।