१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, टोटनह्याम पराजित



अ+ अ-

काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले गोल गरे । एक गोल भने टोटनह्यामका टोबी एल्डरवायल्र्डले आत्मघाती गोल गरेपछि लिभरपुलले उपहारस्वरुप पाएको थियो । टोटनह्यामका लागि लुकास मौराले एक गोल फर्काए पनि लिभरपुललाई रोक्न भने सकेनन् ।

१६ औं मिनेटमा नै फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको लिभरपुलले खेलको ७० औं मिनेटमा गोल खान पुग्यो । टोटनह्यामका लुकासले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

तर खेलको इन्जुरी समयमा टोटेनह्यामका टोबीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले २–१ गोलको जित निकाल्यो ।

लिभरपुलले ३२ खेलबाट ७९ अंक जोड्दै लिगको शीर्ष स्थान ओगटेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ । यता पराजित भएको टोटेनह्यामको लिगको तेस्रो स्थानमा रहंदा उसको ६१ अंक छ ।