१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नाईको लगातार तेस्रो जित, राजस्थान पराजित



अ+ अ-

काठमाडौँ । चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ रनले पराजित गर्दै चेन्नाईले लगातार जित हात पारेको हो ।

चेन्नाईले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टिभन स्मिथले २८ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ चेन्नाईका शार्दुल ठाकुर, दिपक चाहार, इमरान ताहिर र ड्वाने ब्राभोले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ७५ रन बनाए ।