१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्युस्कामाथि मड्रिडको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ह्युस्कामाथि संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले ह्युस्कालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, इस्को र ड्यानी सेबालोसले गोल गरे । यता, ह्युस्काका लागि जुआन क्यामिलो हर्नाल्डेज र जाबियर एटक्सिटाले गोल गरे ।

तेस्रो मिनेटमै जुआनले गोल गर्दै ह्युस्कालाई अग्रता दिलाएका थिए । तर खेलको २५ औ मिनेटमा इस्कोले गोल गरेपछि रियलले १–१ गोलको बराबरी बनाएको थियो ।

पहिलो हाफमा बराबरी खेलेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दा ह्युस्काले एक गोल फर्काएको थियो । ६२ औं मिनेटमा ड्यानीले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । तर ७४ औं मिनेटमा एटक्सिटाले गोल गरेपछि ह्युस्कालाई २–२ गोलको बराबरी दिलाएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदा रियलका लागि बेञ्जिमाले गोल गर्दै ३–२ गोलको अग्रता दिलाउँदै खेल रियलको पक्षमा पारे । जिनेदिन जिदानले रियल सम्हालेसँगै दुबै खेलमा रियलले जित हात पारेको हो ।

जितपछि तेस्रो स्थानमा रहेको रियलको ५७ अंक छ । पराजित ह्युस्काको भने २२ अंक छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६९ अंक रहंदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५९ अंक छ ।




भर्खरै