७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको संघर्षपूर्ण जित, कार्डिफ सिटी पराजित



अ+ अ-

काठमाडौँ । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई हराएको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा पर्ने खतरामा रहेको कार्डिफलाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएका खेलमा कार्डिफले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उका लागि भिक्टर कामारोसाले गोल गरे ।

तर, खेलको अन्त्यतिर चेल्सी खेलमा फर्कियो । ८४ औं मिनेटमा सेजरले बराबरी गोल फर्काए भने इन्जुरी टाइममा सब्सिच्युट खेलाडी रुबेन लफ्टस चिक गोल गर्दै टोलीलाई जिताए ।

जितपछि चेल्सीको ३१ खेलबाट ६० अंक भएको छ र छैटौं स्थानमा छ भने कार्डिफ २८ अंकसहित १८ औं स्थानमा छ ।