७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह, राष्ट्रिय शोक घोषणा गरियोस्



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका छन् ।


प्रदेशको बारा र पर्सामा आइतबार साझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।

बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।