काठमाडौँ । मौसमविदहरुले प्रदेश २ को बारा र पर्सामा आँधि आउन सक्ने पूर्वानुमान भए पनि पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे ‘अन्डरस्टिमेट’ गरिएको बताएका छन् ।
भारत सरकारले विहारमा आँधी आउन सक्ने भन्दै आफ्ना जनतालाई सचेत गराएको थियो । तर, नेपालमा भने मौसम विज्ञान विभागले यस्तो सर्तकता नअपनाएपछि आलोचना हुँदै आएको विभागले यस्तो प्रतिक्रया दिएको हो ।
‘मध्य र पूर्वी भूभागमा पाँच–सात सय प्रतिसेकेन्डको गतिमा हावाहुरी आउँछ भन्ने पूर्वानुमान हामीले गरेका थियौं, मौसमविद मीनकुमार अर्यालले भन,े तर यति शक्तिशाली होला भन्ने पूर्वानुमान गरेका थिएनौं ।’
बारा(पर्सामा आएको आँधीलाई दुर्लभ भन्दै मौसमविदले यो अनुसन्धानको विषय भएको बताएका छन् ।
यस्तो किसिमको घटना नेपालमा पहिलोपटक भएको भन्दै मौसमविदहरुका लागि अध्ययनको विषय रहेका अर्यालले बताए ।