८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तराइमा आँधीको ताण्डव ! कहिल्यै नआएको आँधी कसरी आयो ?

तराइमा आँधीको ताण्डव ! कहिल्यै नआएको आँधी कसरी आयो ?
अ अ+ अ-

आँधीले बाराको फेटा गाउँ पालिकामा धेरै ठूलो क्षति पुर्याएको बताइएको छ । त्यस गाउँपालिकाको वडा नं १ मा सबैभन्दा बढी क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार सो क्षेत्रमा पक्की घरको छाना नै आँधीले उडाएको छ । फेटा गाउँ पालिका र भर्वलियामा धेरै क्षति पुगेको छ । ती क्षेत्रमा रहेका करिब ३ हजार घरमध्ये करिब ८० प्रतिशत क्षति पुगेको स्थानीयको भनाई छ । त्यस्तै पुरैनियामा पनि त्यस्तै क्षति पुगेको छ ।

त्यस क्षेत्रमा पुगेको क्षतिको अवस्था हेर्दा त्यसअघि कहिल्यै त्यस्तो नभएको र आँधीले मात्र त्यस्तो हुन नसक्ने जस्तो देखिएको छ । रुखहरु उखिलिएका छन् भने पक्की घरै छाना उडाएको देखिन्छ । यसरी हेर्दा त्यहाँ भूकम्पले क्षति पुगेकोजस्तो देखिएको छ । घरहरु भूकम्पमाजस्तै भग्नावशेषमा परिणत भएका छन् । ठूलो संख्याका उद्धारकर्मीहरु त्यहाँ खटेका छन् ।

आँधीको कारण के हो ? अहिलेसम्म नेपालको तराई भूभागमा यस्तो आँधी आएको कसैलाई याद छैन । कहिलेकाहीँ आउने हावाहुरीले केही कच्ची घरका छाना उडाउने गरेको भए पनि यो रुपमा आँधी आएर यतिविधी क्षति भने पुर्याएको थिएन । स्थानीय बयोबृद्धहरुले पनि सो अनुभव सुनाइरहेका छन् । मौसम विद्हरुले भने हावाहुरीको लक्षण देखेका थिए तर यो रुपमा यति शक्तिशाली आँधी आउला भन्ने अनुमान भने उनीहरुले नगरेको बताउँछन् । यो के मौसम परिवर्तनको असर हो त भनी उठेको प्रश्नमा पनि उनीहरु अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

कसले के भने ? के गरे ?

 

उद्धारमा जुट्न सभापति देउवाको आग्रह

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 
सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत हुनुभएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले विपद्मा परी घाइते भएकाको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकालाई आग्रह गर्नुभएको छ । 
सभापति देउवाले काङ्ग्रेस पार्टीको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा जानुभएको जनाउँदै सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं. २, काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन दिनुभएको छ । 


उहाँले मानवीय संवेदनाको यस दुःखद घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आम दिदीबहिनी तथा दाजुभाइमा समेत हार्दिक आग्रह गर्नुभएको छ । काङ्ग्रेस सङ्घीय संसदीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनस्र्थापनका लागि सरकारसँग आग्रह गरेको छ । 
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जलि अपर्ण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

 

उद्धार कार्य प्रभावकारी बनाउन सभामुखको अनुरोध

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्राकृतिक विपद्मा परेका बारा र पर्सा लगायतका जिल्लाहरुमा विलम्ब नगरी राहत र उद्धारका कार्यलाई प्रभावकारीरूपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनुरोध गर्नुभएको छ । आज एक विज्ञप्ति प्रकशित गरी उहाँले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कमी हुन नदिन सरकारसँग विशेष अनुरोधसमेत गर्नुभएको छ । 

विज्ञप्तिमा भनिएको छ, “आइतबार साँझ आएको हावाहुरी, असिनापानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ । अकल्पनीय र दुःखद् प्राकृतिक विपद्का कारण निधन भएकाप्रति म भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” 

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विपद्मा परेका पीडितको छिटो उद्धार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुएको छ । 

विज्ञप्तिमा भनिएको छ, “बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासि आएको त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तीमा २७ जनाको मृत्यु तथा ६१२ बढी घाइते भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ ।” अध्यक्ष तिमिल्सिनाले विज्ञप्तिमा अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै आँधीबेहरीका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई उहाँले आग्रह गर्नुभएको छ । 

 

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । 

बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए । 

गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ । 

गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो । 

आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गर्नुभएको छ । 

उहाँले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । 

बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । 

चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने बस्नेतले बताउनुभयो । अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 



रक्तदान कार्यक्रमको आयोजना 

तराईका हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा आज ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिनुभयो ।